जापानमा कोरोना जोखिम बढेसँगै टोकियो आसपासका क्षेत्रमा पनि लगाइयो प्रतिबन्ध

  ।   २०७८ श्रावण १६, शनिबार १३:३१

एजेन्सी । कोरोनाको जोखिम बढेसँगै जापानको राजधानी टोकियोसहित वरपरका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध लगाइएको छ ।

टोकियोमा भइरहेको ओलम्पिक खेलको समयमा कोरोनाको जोखिम बढेसँगै आपतकालीन अवस्थामा प्रतिबन्धलाई राजधानी आसपासका क्षेत्रमा पनि विस्तार गरिएको बीबीसीले जनाएको छ । प्रतिबन्धको अवस्थामा होटेल, रेस्टुरेन्ट तथा रक्सी पसल बन्द गरिएका छन् । अहिलेलाई प्रतिबन्ध ३१ अगस्टसम्म लगाइएको हो । संक्रमण बढ्दै गए लम्ब्याइने जनाइएको छ ।

शुक्रबार मात्रै ओलम्पिकमा सहभागी थप २७ जनामा कोरोना संक्रमण देखिएको ओलम्पिक सञ्चालक कमिटीले जनाएको छ । अभूतपूर्व रुपमा कोरोनाको संक्रमण फैलिरहेको भन्दै जापानका प्रधानमन्त्री योसिदी सुगाले ओलम्पिक खेल घरबाटै टिभीमा हेर्न आग्रह पनि गर्नुभएको छ ।

जापानमा डेल्टा भेरियन्ट संक्रमणका नयाँ केसहरु देखिएका छन् । यसअघि जापानका स्वास्थ्यमन्त्री नोरिहिसा तमुराले जापानले कोरोनाको डरलाग्दो रुपको सामना गर्नुपर्ने भन्दै सचेत गराउनुभएको थियो । जापान अहिलेसम्म कोरोना नियन्त्रणमा सफल देखिएको भए पनि पछिल्लो समय बढ्दै गएको संक्रमण दरले अवस्था भयावहतर्फ जानसक्ने बताइएको छ ।

Next Post

दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको भारतबाट उद्धार

२०७८ श्रावण १६, शनिबार १३:३१
काठमाण्डौ । भारतको विभिन्न ठाउँबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । भारतको कलकत्तामा रहेको नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकका रहेको विश्व सेवा विस्तार संस्थाले जनाएको छ । उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश […]

सम्बन्धित समाचार