आगामी तीन दिन देशैभर वर्षाको सम्भावना‚ केही प्रदेशमा भीषण वर्षा हुने

  ।   २०७८ श्रावण ३, आईतवार ०७:२१


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

आइतबार बिहान देशभर मौसम बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै‚ सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार पनि मौसम बदली रही पानी पर्ने सम्भावना रहेको छ। दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थाना भीषण वर्षाको सम्भावना रहेको छ। साथै‚ सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

Next Post

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बस्दै

२०७८ श्रावण ३, आईतवार ०७:२१
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो। यही साउन […]