हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

  ।   २०७७ कार्तिक १२, बुधबार ०८:५१

सिमकोट । जिल्ला अस्पताल हुम्लाले मङ्‍गलबार ३२ जनाको पीसिआर परिक्षणका लागी स्वाब सङ्‍कलन गरेको छ ।

कात्तिक २ गते स्वाब सङ्‍कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो ।

पोजेटिभ देखिएका चार जनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज (बुधबार) बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताउनुभयो ।

हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चारजना सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराको भनाइ छ । रासस

 

– फोटो फाइल

Next Post

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज, १ हजार ९५४ जनामा सङ्क्रमण

२०७७ कार्तिक १२, बुधबार ०८:५१
काठमाण्डौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक हजार नौ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा आठ हजार दुई सय ४८ जनाको नमुना सङ्कलन भएको हो । […]

सम्बन्धित समाचार