नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज, १ हजार ९५४ जनामा सङ्क्रमण

  ।   २०७७ कार्तिक १२, बुधबार १७:१८

काठमाण्डौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक हजार नौ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा आठ हजार दुई सय ४८ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।

अब नेपालमा ३९ हजार ६ सय ४३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार आठ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ८७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

अबदेखि कोरोना अपडेटसम्बन्धी मन्त्रालयको प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने

२०७७ कार्तिक १२, बुधबार १७:१८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ साताको दुई दिन मात्रै हुने जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा […]