अबदेखि कोरोना अपडेटसम्बन्धी मन्त्रालयको प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने

  ।   २०७७ कार्तिक १२, बुधबार १७:२४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ साताको दुई दिन मात्रै हुने जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ ।’

यसअघ हरेक दिन नियमित प्रेस ब्रिफिङ हुँदै आएको थियो । मन्त्रालयले प्रेस ब्रिफिङको तालिका परिवर्तनको कारण भने खुलाइएको छैन ।

Next Post

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, आगामी बैठक मंसिर १५ देखि १७ गतेसम्म

२०७७ कार्तिक १२, बुधबार १७:२४
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी […]

सम्बन्धित शीर्षक