राष्ट्रिय जनगणना : घर तथा घरपरिवार सूचीकरण आजदेखि

  ।   २०७८ भाद्र ३०, बुधबार ०७:०१

काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य आजदेखि सुरु हुने भएको छ।

आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्ने भएको हो।

केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो। यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो।

यस वर्ष गरिने जनगणना १२औं जनगणना हो। गत २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो।

Next Post

'बजेट होलिडे', आजदेखि सरकारको नियमित खर्च रोकियो

२०७८ भाद्र ३०, बुधबार ०७:०१
काठमाडौं । प्रतिस्थापन बजेट पास गर्न नसक्दा आजदेखि सरकारको नियमित खर्च रोकिएको छ। प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडेको अवस्था आएको छ। नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट […]