राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

  ।   २०८१ आश्विन १, मंगलवार १४:४१

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो । उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँसँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।

Next Post

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु

२०८१ आश्विन १, मंगलवार १४:४१
काठमाडौ, २ असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

सम्बन्धित शीर्षक