भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड

  ।   २०८१ कार्तिक ५, सोमबार १६:२२

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताउनुभएकोछ ।

कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमवार विहान नेपालगन्ज विमानस्थलमा पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सो बताउनु भएको हो ।

उहाँले भन्नुभयो–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुंगको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसंग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’

यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अहिलेको दान प्रकरणले पुष्टि गरेको पूर्व प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उहाँले सो बिषयलाई लिएर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलहरुले सोमवार बेलुका नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाउँदै यो प्रकरण प्रक्रियामा गएर टुगिंने बिश्वास व्यक्त गर्नुभयो ।

अप्राकृतिक र अस्वभाविक रुपमा बनेको यो सरकारले भ्रष्ट्राचारीलाई जोगाउने र सरकारको बिरोध गर्नेलाई फसाउने काम गर्न थालेकोले सरकारको आयु धेरै नरहेको अध्यक्ष प्रचण्डले दावी गर्नुभयो ।

एक अर्को प्रसंगमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहकारी काण्डको छानविनका लागि निर्माण गरिएको संसदीय समितिले दिएको प्रतिवेदन बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिनु स्वभाविक भएको जनाउँदै तर प्रतिवेदनले दोषि ठहर गरेका अन्य व्यक्तिहरुलाई किन पक्राउ गरिएन भनि प्रति प्रश्न गर्नुभयो ।

उहाँले सरकारको बिरोध गर्नेलाई पक्राउ गर्नु र सत्ताको समर्थन गर्नेलाई खुला छाड्नु अन्यायपूर्ण कार्य भएको जनाउँदै लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकोले यसलाई सहज रुपमा लिनुपर्ने बताउनुभयो ।

यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज काली बहादुर मल्ल, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्व मन्त्री महेश्वर गहतराज अथक, केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेशका पूर्व मन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, नविन शर्मा, रतन शाही लगायतका नेताहरुले नेपालगन्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गर्नु भएको थियो ।

Next Post

भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः प्रचण्ड

२०८१ कार्तिक ५, सोमबार १६:२२
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो अभियान नरोकिने बताउनुभएको […]