नेपालगन्जमा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न

  ।   २०८२ भाद्र ५, बिहीबार २१:२०

नेपालगन्ज । परम्परागत तीज संस्कृतिको संरक्षण र जगेर्ना गर्न मौलिक तीज गीत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने सहभागीहरुले बताएका छन । क्रियाशील पत्रकार महिला बाँकेको आयोजनामा नेपालगन्जमा सोमबार सम्पन्न तीज मिलन कार्यक्रम अन्तर्गतको मौलिक तीज गीत प्रतियोगितामा यस्तो धारणा व्यक्त गरिएको हो।

कार्यक्रमको अध्यक्षता क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षणमा गरेको पहल उदाहरणीय रहेको भन्दै पार्टी प्यालेसमा दर खानु मात्र नभई मौलिकता जोगाउने यस्ता प्रयासहरु थप महत्वपुर्ण हुने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले तीज गीत प्रतियोगिताले एकता, आत्मीयता र सामूहिक सद्भावलाई प्रबर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखेल, अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सञ्चारिक समूह लुम्बिनी प्रदेशकी उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष तथा क्रियाशील पत्रकार महिला बाँकेकी सल्लाहकार करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष रेवती सिंह, नेपाल प्रेस युनियन बाँकेकी अध्यक्ष प्रिया स्मृति ढकाललगायतले पनि आफ्नो विचार राखेका थिए।

कार्यक्रममा ५७ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा धना केसी प्रथम, शान्ति सुनार द्वितीय, अनिता विश्वकर्मा तृतीय तथा विद्युतमा राई सान्त्वना विजेता घोषित भएका छन्। उनीहरुलाई क्रमशः रु. ३,०००, रु. २,०००, रु. १,५०० र रु. १,००० नगद पुरस्कार प्रदान गरिएको क्रियाशील पत्रकार महिला बाँकेकी सचिव निशु जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले गर्नुभएको थियो। समापन सत्रमा अध्यक्ष साबित्री गिरीले यस्ता मौलिकता प्रवर्द्धन गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने र पत्रकार महिलाको क्षमता अभिवृद्धिका कार्यक्रमलाई नियमित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई थिंक एजुकेसनल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो भने शिखर प्लाइ उद्योग, सिने रोयल नेपालगन्ज, महिला उद्यमी संघ नेपाल बाँके, नेपालगन्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल र राजा खान विइङ ह्युम्यान संस्थाले सहप्रायोजन गरेका थिए। साथै बाँकेको नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो। समारोहमा प्रमुख तथा विशिष्ट अतिथिहरु र सहयोग गर्ने संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

Next Post

राजापुरमा शिक्षक अभिभावक र बालबालिकालाई मानव बेचबिखन विरुद्ध सचेतना

२०८२ भाद्र ५, बिहीबार २१:२०
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानवबेचविखन बिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो ।राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, […]