केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बस्दै

  ।   २०७८ श्रावण ३, आईतवार ०७:२५

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ः०० बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो।

यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ। उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ। एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

गत शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन। सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

Next Post

ओलिभर जिराउड एसी मिलानमा अनुबन्धित

२०७८ श्रावण ३, आईतवार ०७:२५
काठमाण्डौ । इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडलाई अनुबन्धित गरेको छ। फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ‘ए’ क्लब एसी मिलान आएका हुन् । सरी ’ए’ क्लब मिलानले इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो । जिराउडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् […]