ओलिभर जिराउड एसी मिलानमा अनुबन्धित

  ।   २०७८ श्रावण ३, आईतवार ०७:२७

काठमाण्डौ । इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडलाई अनुबन्धित गरेको छ। फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ‘ए’ क्लब एसी मिलान आएका हुन् ।

सरी ’ए’ क्लब मिलानले इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो । जिराउडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् ।

उनले सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् । उनी फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् ।

फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

Next Post

पश्चिम युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

२०७८ श्रावण ३, आईतवार ०७:२७
एजेन्सी । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण १७० भन्दा धेरैको मृत्यु भएको छ । अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् । बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढीका कारण बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरुले प्रयास गरिरहेका छन् । बाढीले जर्मनी […]

सम्बन्धित शीर्षक