बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपियो

  ।   २०७८ बैशाख ५, आईतवार १६:४२

संवाददाता ।
बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ ।

शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गर्नुभएका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउनुभएको हो । फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल संख्या १० पुगेको छ ।

उहाँले योसँगै टेल्मो जाराको कीर्तिमान भंग गर्नुभएको छ । मेस्सीले यो प्रतियोगिता सात पटक जित्नुभएको छ । सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ ।

बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ । तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।

‘आज मेरो लागि खुसीको दिन हो,’ खेलपछि मेस्सीले भन्नुभयोे, ‘मैले जीवनभर रहेको टोलीमा कप्तान हुन पाउनु मेरो लागि विशेष हो ।’

उता, प्रशिक्षक रोनाल्ड कोमानले मेस्सीलाई अर्को सिजन पनि क्लबमा देख्न चाहेको बताउनुभएको छ ।

रातोपाटीबाट

Next Post

पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन माग

२०७८ बैशाख ५, आईतवार १६:४२
पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन माग काठमाडौं । नेपाल पत्रकार महासंघले  कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह […]