बाँके खजुराका कबड्डी खेलाडी खाँलाई भव्य स्वागत

  ।   २०७९ फाल्गुन २३, मंगलवार २२:४२


पुरन परियार
बाँके  । खजुरा गाउपालिकाले कबड्डी खेलाडी ईसरार खानलाई स्वागत गरेको छ । दोस्रो जुनियर विश्वकप कबड्डी खेलमा नेपालले तेस्रो स्थान हासिल गरेपछि आफ्नै स्थानीय पालिकाले खाँलाई सम्मान गरेको हो ।

ईरानमा सम्पन्न दाेस्राे जुनियर विश्वकप कबड्डी च्याम्पियनसीपमा नेपालले तेस्राे स्थान हाँसील गरेकाे थियाे । खाँ सो टोलिमा रहेर खेल खेल्ने व्यक्ति मध्यका एक हुनुहुन्छ । खाँ खजुरा-७ बासी भएकैले पनि पालिकाले खेलाडीहरुको मर्यादा गर्न उच्च सम्मान गरेको पालिका अध्यक्ष डम्बरबहादुर बिक (तुफान) ले बताउनु भयो । खजुरा गाउपालिकाका अध्यक्ष तुफान र उपाध्यक्ष मन्जु मल्ल दुबैले खादा, माला लगाएर सम्मान गर्नु भएको हो । उपाध्यक्ष मल्लले भन्नुभयो´ आफ्नो क्षेत्रको मात्र होइन देशकै शिर ठाडो पार्ने खेलाडीहरुलाई सम्मान गर्नुपर्छ ।`

अध्यक्ष तुफानले स्थानीय सरकारले यस्ता खेलाडीहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाँले कार्यक्रममा भन्नुभयो, ´ खेलाडी खाँबाट अन्य खेलाडीहरुले पाठ सिक्नु पर्छ ।

Next Post

काम खोज्न सडकमा निस्केका महिलाको स्वास्थ्य चेकजाँच

२०७९ फाल्गुन २३, मंगलवार २२:४२
संवाददाता, नेपालगंज । अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीले श्रमिक महिलालाई स्वास्थ्य चेकजाँच गर्ने अवसर मिलाई दिएको छ । एकाबिहानै काम खोज्न भनी सडकमा निस्केका ९८ जना श्रमिक महिलाले आज नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा पर्ने सडकमै स्वास्थ्य चेकजाँच गर्ने अवसर पाएका हुन […]

सम्बन्धित समाचार