काम खोज्न सडकमा निस्केका महिलाको स्वास्थ्य चेकजाँच

  ।   २०७९ फाल्गुन २४, बुधबार १४:४६

संवाददाता, नेपालगंज ।

अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीले श्रमिक महिलालाई स्वास्थ्य चेकजाँच गर्ने अवसर मिलाई दिएको छ ।

एकाबिहानै काम खोज्न भनी सडकमा निस्केका ९८ जना श्रमिक महिलाले आज नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ मा पर्ने सडकमै स्वास्थ्य चेकजाँच गर्ने अवसर पाएका हुन ।

स्वास्थ्य चेकजाँच पछि उनीहरुलाई स्यानिटरी प्याड पनि उपलब्ध गराईएको छ । श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच स्वास्थ्यकर्मीहरु सुमन गिरी, सुनिता तिवारी, सृष्टि श्रेष्ठ, बिजयालक्ष्मी केसीले गर्नुभएको हो ।

स्वास्थ्य चेकजाँच समारोहमा जिफन्ट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण केसी, बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठ, जिल्ला अध्यक्ष कृष्ण बहादुर बुढा, राष्ट्रिय स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन बाँकेका अध्यक्ष राजन शाही, पत्रकार केपी घिमिरे, जिफन्ट बाँके सचिव विकास पाठक लगायतको उपस्थिति रहेको थियो ।

सहभागी श्रमिकका नेताहरु सामु श्रमिक महिलाले न्युनतम ज्याला नपाएको, श्रम सगैं शारीरिक शोषणमा समेत पर्ने गरेको जस्ता गुनासोहरु पोखेका थिए । भने श्रमिक नेताहरुले त्यस्तो कुनै समस्या परे तत्काल खबर गर्न आग्रह गर्दै कार्यस्थलमै पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

यसैबीच, आज ११३ औं अन्र्तराष्ट्रिय नारी दिवस । नेपालमा पनि सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । अग्रेंजी पात्रो अनुसार हरेक बर्ष ८ मार्चलाई अन्र्तराष्ट्रिय नारी दिवसका रुपमा एउटा उत्सव नै मनाउने गरिन्छ । यो बर्ष दिवसको नारा इम्बे्रस इक्विालटी भन्ने नारा रहेको छ ।

Next Post

अग्रमोर्चामा रहेर महिलाहरुले गरेको नेतृत्व अनुकरणीय छ : सभामुख तुलाराम घर्ती मगर

२०७९ फाल्गुन २४, बुधबार १४:४६
संवाददाता, बुटवल । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । आज (बुधवार) एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर गरेको नेतृत्व […]