दृष्टिबिहिन खेलाडीलाई लक्षित गरी बर्दियामा क्रिकेट प्रशिक्षण शुरु

  ।   २०७७ पुष २०, सोमबार १९:४५

दल बहादुर सुनार, बर्दिया ।
दृष्टिबिहिन खेलाडीलाई लक्षित गरी बर्दियामा ५ दिने नेत्रहिन क्रिकेट प्रशिक्षण तालिम सुरु गरीएको छ । नेत्रहिन क्रिकेट संघ बर्दियाले लुईस बे्रलको ११२ औं जन्मोत्सवको अवसर पारी आजदेखी प्रशिक्षण तालिमको शुरुवात गरेको हो ।

नेत्रहिन क्रिकेट प्रशिक्षण तालिमको एक कार्यक्रमका बीच रक्षा फाउण्डेशनका अध्यक्ष साबित्रा गौतमले बलिङ र गुलरिया नगरपालिका वडा नम्बरका ६ का अध्यक्ष निरज कुमार शर्माले ब्याटिङ गरेर खेलको उद्दघाटन गर्नुभएको छ ।

प्रशिक्षण स्थलमै रक्षा फाउण्डेशनका अध्यक्ष साबित्रा गौतमले १० हजार रुपैंया सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ ।

जिल्लाका ८ वटै पालिकाबाट २८ जना दृष्टिबिहीन खेलाडीको सहभागीता रहेको प्रशिक्षण तालिमका लागी गुलरिया नगरपालिका वडा नम्बर ६ ले २५ हजार रुपैंया, वडा नम्बर ४ र ५ ले पाँच–पाँच हजार रुपैंया आर्थिक सहयोग गरेको नेत्रहिन क्रिकेट संघ बर्दियाका अध्यक्ष हरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

 

Next Post

हरायो कोरोनाको भय : इन्चार्ज गिरी

२०७७ पुष २०, सोमबार १९:४५
-सन्तोष कुमार बिष्ट, नेपालगन्ज कोरोना कहरले अझै पनि छोडेको छैन । झुपडी देखि महल सम्मका कोहि कसैलाई पनि कोभिड-१९ ले नछाडे पनि मानिसमा भने डर हराइसकेको छ । नेपालगन्ज जमुनाह नाकबाट भएर भारत जानेहरू मध्यका एक भुमिनन्द जैसीले भन्नुभयो ” कोरोना भनेर के गर्नु, पेट पाल्नै पार्छ । नेपाल बसेर […]