रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता

  ।   २०७८ भाद्र १७, बिहीबार ०७:०७

एजेन्सी । पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ।

आज बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको हो । यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल हुनभएको छ।

आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिएन । खेलको अन्त्यतिर ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जीत दिलाउनु भएको थियो ।

Next Post

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

२०७८ भाद्र १७, बिहीबार ०७:०७
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको स्रोतले जानकारी दियो । सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो । उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको नेतृत्वमा छानबिन आयोग बनाएको छ […]