मैत्रीपूर्ण खेल खेल्न तीन राष्ट्र नेपाल आउन तयार

  ।   २०७७ भाद्र ३१, बुधबार १७:४१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न तीन देशले प्रस्ताव गरेका छन् । तीनवटै देशले नेपालमै मैत्रीपूर्ण खेल खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको जनाइएको छ ।

एन्फा प्रवक्ता किरण राईले बंगलादेश, मंगोलिया र डोमिनिकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताउनुभयो । उहाँले यसअघि पनि थुप्रै प्रस्ताव आइरहे पनि पछिल्लो एक सातामा यी तीन देशले नेपालमै खेल्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

प्रवक्ता राईले प्रशिक्षणको अनुमति नभएका बेला मैत्रीपूर्ण खेलको प्रस्तावले खासै फरक नपर्ने बताउनुभयो । उहाँले नेपाली फुटबलका लागि प्रहिलो प्राथमिकता प्रशिक्षण सुरु गर्नु रहेको पनि बताउनुभयो । उहाँले सरकारले प्रशिक्षणको अनुमति दिए नेपालमै मैत्रीपूर्ण खेल गराउन एन्फा तयार रहेको समेत बताउनुभयो ।

“पहिलो कुरा त प्रशिक्षणको हो । हामीले अहिलेसम्म प्रशिक्षण गर्न पाउने अनुमति पाएका छैनौं । पहिला सरकारले प्रशिक्षणको अनुमति देओस्,” एन्फा प्रवक्ता राईले भन्नुभयो, “प्रशिक्षणको अनुमति पाए स्वास्थ्य समाधानका उपाय अपनाएर प्रशिक्षण गराउन तयार छौं । त्यसपछि स्वास्थ्य सुरक्षा अपनाएर मैत्रीपूर्ण खेल पनि गराउन तयार छौं ।”

प्रवक्ता राईले पहिला प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि सहज वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रशिक्षण र मैत्रीपूर्ण खेल गर्न वातावरण मिलाइदिन भन्दै बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य–सचिव रमेशकुमार सिलवालसँग भेट गर्नुभएको थियो । भेटमा सदस्य–सचिव सिलवालले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिनुभएको थियो । बाह्रखरी

Next Post

कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गए सावधानीपूर्वक अन्त्येष्टि गर्नुपर्ने, 'मृतकको स्वास्थ्य परीक्षण आवश्यक छैन'

२०७७ भाद्र ३१, बुधबार १७:४१
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गएमा स्वास्थ्य सावधानी अपनाएर शव व्यवस्थापन गर्न आग्रह गरेको छ । स्वास्थ्य सावधानी अपनाएर अन्येष्टि गरेपछि ज्यान गुमाएका व्यक्तिको पीसीआर परीक्षण गर्नु नपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँले कोरोनाको आशङ्का गरिएका व्यक्तिको ज्यान गए पीसीआर नगर्न अस्पताल […]