कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गए सावधानीपूर्वक अन्त्येष्टि गर्नुपर्ने, ‘मृतकको स्वास्थ्य परीक्षण आवश्यक छैन’

  ।   २०७७ भाद्र ३१, बुधबार १८:१०

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाका शङ्कास्पद व्यक्तिको ज्यान गएमा स्वास्थ्य सावधानी अपनाएर शव व्यवस्थापन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य सावधानी अपनाएर अन्येष्टि गरेपछि ज्यान गुमाएका व्यक्तिको पीसीआर परीक्षण गर्नु नपर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँले कोरोनाको आशङ्का गरिएका व्यक्तिको ज्यान गए पीसीआर नगर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि निर्देशन दिनुभएको छ ।

अहिलेसम्म ज्यान गुमाएका व्यक्तिको नमुना सङ्कलन भइरहेकोमा अब त्यसो गर्न नपर्ने उहाँले बताउनुभयो । तर ज्यान गुमाएका व्यक्तिको सम्पर्कमा आएका, अन्त्येष्टिमा सहभागी भएका र मलामी गएकाहरु भने क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

Next Post

आजबाट लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान सञ्चालन

२०७७ भाद्र ३१, बुधबार १८:१०
काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालन हुने भएका छन् । सरकारले गरेको निर्णय अनुसार आजबाट लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आउने भएका हुन् । लामो दूरीमा सवारी साधन सञ्चालन गर्दा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । सिट क्षमताको ५० […]