धरौटीमा छुटेका दिपेन्द्र अधिकारी समेत अन्य दुई जना अटोमेटिक पेस्तोल सहित पक्राउ

  ।   २०७८ फाल्गुन १८, बुधबार १३:५७

संवाददाता, नेपालगंज

बाँके प्रहरीले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटि गएको प्रहरी टोलीले डुडुवा गाउँपालिका ४ स्थित राप्ती पुल नजिकबाट वागमति प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीमा सवार ३ जना ब्यक्तिहरुको साथबाट लुकाई राखिएको हातहतियार सहित पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा नेपालगंज १२ का २८ बर्षिय दिपेन्द्र अधिकारी, नेपालगंज १८ का २२ बर्षिय सुशान्त केसी, लम्कीचुहा नगरपालिका ३ कैलालीका ३२ बर्षिय द्धारीका उपाध्याय रहेका छन ।

पक्राउ परेका ब्यक्तिहरुमाथि अब मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ बर्ष कैद, र ७० हजार रुपैंया सम्म जरिवाना हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका दिपेन्द्र अधिकारी यसअघि पनि थ्रुपै घटनामा संमलग्न भएको आरोपमा पक्राउ परी धरौटीमा छुटेका ब्यक्ति भएको प्रहरीको भनाई छ ।

  • बाँके प्रहरी द्धारा जारी प्रेस बिज्ञप्ती

 

Next Post

साना कम्युनिष्ट पार्टीको निष्कर्ष : प्रचण्ड राष्ट्रघाती दलाल, बाबुराम घुसपैठ

२०७८ फाल्गुन १८, बुधबार १३:५७
संवाददाता, काठमाडौँ । साना कम्युनिष्ट पार्टीहरुले एमसिसीलाई कार्यान्वयन गर्न नदिने घोषणा गरेका छन । आज ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्दै एमसिसी सदनबाट अनुमोदन भए पनि कार्यान्वयन हुन नदिने बताएका हुन । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्माले आर्थिक प्रभावमा परेर एमसिसी अनुमोदन भए पनि कार्यान्वयन […]

सम्बन्धित समाचार