साना कम्युनिष्ट पार्टीको निष्कर्ष : प्रचण्ड राष्ट्रघाती दलाल, बाबुराम घुसपैठ

नेतृत्व देउवा सरकारले लियो

  ।   २०७८ फाल्गुन १८, बुधबार १८:१८

संवाददाता, काठमाडौँ ।

साना कम्युनिष्ट पार्टीहरुले एमसिसीलाई कार्यान्वयन गर्न नदिने घोषणा गरेका छन ।

आज ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्दै एमसिसी सदनबाट अनुमोदन भए पनि कार्यान्वयन हुन नदिने बताएका हुन ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्माले आर्थिक प्रभावमा परेर एमसिसी अनुमोदन भए पनि कार्यान्वयन गर्न नेपाली जनताले नदिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म हाम्रो नीति पारित गर्न नदिने थियो । अबको संघर्ष भनेको लागू गर्न नदिने हो । कहाँ लागू गर्छ सरकारले ? कार्यान्वयन गर्ने कुरा संसदमा बोराको बोरा पैसा बाँडेर पारित गरेजस्तो होइन ।’

उहाँले एमसिसी सम्झौता अहिलेसम्मकै राष्ट्रघाती भएको दाबी गर्नुभयो । यो परियोजना आइपिएसको अंगका रुपमा अमेरिकाले अघि बढाएकाले त्यसलाई नेपाली जनताले प्रतिरोध गर्ने घोषणा गर्नुभयो ।

‘अमेरिकी साम्रराज्यवादले सय वर्षको योजना बनाएर अघि बढिरहेको छ । यो आइपिएसको एउटा अंग हो । विश्वको अन्तर विरोधमा, अमेरिकाले आफूलाई शक्तिमा राख्न अघि सारको योजना हो,’ उहाँले अगाडि भन्नुभयोे, ‘विगतका सबै राष्ट्रघातलाई समेत यसले माथ खुवाएको छ ।’

विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्डका कारण एमसिसी पारित भएको जिकिर गर्दै उनीजस्तो राष्ट्रघाती अरु कोही नभएको आरोप लगाउनुभयो । त्यस्तै बाबुराम भट्टराईले एमसिसीको वकालत गर्दै हिँडेपछि उनी जनयुद्धमा घुसपैठका रुपमा आएको आफ्नो आशंका पुष्टि भएको उल्लेख गर्नुभयो ।

विश्वकर्माले भन्नुभयोे, ‘यसमा प्रचण्डजस्तो राष्ट्रघाती, दलाल कोही देखिएन । त्यसको नेतृत्व देउवा सरकारले ग¥यो । बाबुराम त झन् वकालत गर्दै हिँडे । म कार्यकर्ता हुँदै लागेको थियो, उनी माओवादीमा कसरी आए ? हामीलाई लागेको थियो पेनिट्रेसन (घुसपैठ) हो कि ?’

साना कम्युनिष्ट पार्टीहरुले एमसिसी सच्चा र कच्चा कम्युनिष्ट बीचको संघर्षसमेत भएको उल्लेख गरे ।

देशसंञ्चार डटकमबाट

Next Post

गुलरियामा प्रयोग विहिन वधशाला, स्थानीय सरकार मौन

२०७८ फाल्गुन १८, बुधबार १८:१८
संवाददाता, बर्दिया। ब्यवस्थित वधशालाको अभावमा कतिपय स्थानीय सरकारले आलोचना खेपी रहेका बेला बर्दियाको गुलरिया नगरपालिकाको वधशाला भने लामो समयदेखी प्रयोग विहिन भएको छ । ठुलो लगानी गरेर गुलरिया ८, गुलरिया नेपालगंज सडक खण्डको बाइपास रोडमा रहेको वधशालाको भौतिक पूर्वाधार संरचनाहरु प्रयोग विहिन हुदाँ कवार्डमा परिवर्तन हुन थालेको छ । यो […]