गुलरियामा प्रयोग विहिन वधशाला, स्थानीय सरकार मौन

  ।   २०७८ फाल्गुन १९, बिहीबार १२:४२

संवाददाता, बर्दिया

ब्यवस्थित वधशालाको अभावमा कतिपय स्थानीय सरकारले आलोचना खेपी रहेका बेला बर्दियाको गुलरिया नगरपालिकाको वधशाला भने लामो समयदेखी प्रयोग विहिन भएको छ ।

ठुलो लगानी गरेर गुलरिया ८, गुलरिया नेपालगंज सडक खण्डको बाइपास रोडमा रहेको वधशालाको भौतिक पूर्वाधार संरचनाहरु प्रयोग विहिन हुदाँ कवार्डमा परिवर्तन हुन थालेको छ ।

यो वधशालाबाट चाइना लङ फुड प्रा.ली. नामक एक ब्यवसायिक उद्योगले केही समय राँगाको मासु उत्पादन तथा प्रशोधन गरी विदेशमा निर्यात गर्दै आएको थियो ।

धेरै स्थानीयहरुले पनि रोजगारी पाएका थिए । तर अहिले ठेकदार कम्पनी बेपत्ता छ भने गुलरिया नगरपालिका (स्थानीय) सरकार नगर क्षेत्रमा बढ्दो बेरोजगारी समस्याका बीच मौन बसेको छ ।

उसो त, गुलरियामा उद्योग कलकारखानाहरु थोरै मात्र छन्, यहाँ बेरोजगार ब्यक्तिहरु रोजगारी खोज्दै जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । तर यहाँको स्थानीय सरकारले भएका उद्योग पनि संञ्चालन गर्न, नसक्नु दुखत कुरा भएको स्थानीय बताउँछन ।

अपडेट

Next Post

२ सय कप कफी बनाउन पुग्ने क्याफीन सेवन गर्दा मृत्यु

२०७८ फाल्गुन १९, बिहीबार १२:४२
संवाददाता  । दुई सय कप कफी बनाउन पुग्ने क्याफीन पाउडर सेवन गरेपछि एक व्यक्तिको मृत्युपछि गरिएको कानुनी अनुसन्धानमा खुलेको छ । उहाँ शारीरिक व्यायामका प्रशिक्षक रहनुभएको थियो । घरको भान्सामा प्रयोग गर्नका लागि राखिएको पाउडरको हिसाब गर्दा टम म्यान्स्फील्डले गल्ती गर्नुभएको थियो । उहाँका दुई सन्तान छन । सन् २०२१ […]

सम्बन्धित शीर्षक