२ सय कप कफी बनाउन पुग्ने क्याफीन सेवन गर्दा मृत्यु

  ।   २०७८ फाल्गुन १९, बिहीबार १३:४९

संवाददाता  ।

दुई सय कप कफी बनाउन पुग्ने क्याफीन पाउडर सेवन गरेपछि एक व्यक्तिको मृत्युपछि गरिएको कानुनी अनुसन्धानमा खुलेको छ । उहाँ शारीरिक व्यायामका प्रशिक्षक रहनुभएको थियो ।

घरको भान्सामा प्रयोग गर्नका लागि राखिएको पाउडरको हिसाब गर्दा टम म्यान्स्फील्डले गल्ती गर्नुभएको थियो । उहाँका दुई सन्तान छन ।

सन् २०२१ को ज्यानुअरी ५ तारिखमा अत्यधिक मात्रामा क्याफीन सेवन गरेलगत्तै वेल्सको उत्तरी तट कोल्वीन बेमा बसोबास गर्ने २९ वर्षीय म्यान्स्फील्ड गंम्भीर बिरामी परेको अनुसन्धानबाट देखिएको हो ।

अनुसन्धानकर्ता जोन गिटिन्सले दुर्घटना भएको निष्कर्ष निकाल्दै क्याफीनको विषाक्तताका कारण ती व्यक्तिको ज्यान गएको बताउनुभयो । व्यायामशाला जाने जाने कतिपय मानिसहरू क्याफीन सेवन गर्छन । निश्चित मात्रा क्याफीन सेवन गर्दा खेलकुदमा राम्रो प्रदर्शन गर्न सकिने सिफारिस शारीरिक तन्दुरुस्ती सम्बन्धी वेबसाइटले गर्ने गरेका छन् ।

यद्यपि विज्ञहरू सिफारिस गरिएकोभन्दा बढी सेवन गर्ने जोखिम हुने गरेको भन्दै चेतावनी दिन्छन । मङ्गलवार सुनुवाइका क्रममा बताइएअनुसार क्याफीन पाउडर सेवन गरेपछि म्यान्स्फील्डले आफ्नो छाती थिच्न थालेको र उहाँको मुटुको ढुकढुकी बढ्न थालेको बताउनुभएको थियो ।

त्यसका केही मिनेटपछि उहाँ पल्टनुभयो र मुखबाट फिँज निकाल्न थाल्नुभयो ।

त्यसपछि उहाँकी श्रीमती सुजेनले छिमेकी र परिवारलाई भन्नुभयो अनि एम्बुलेन्स बोलाउनुभयो । पारामेडिकहरूले ४५ मिनेटसम्म उहाँलाई बचाउने प्रयत्न गरे । तर पछि ग्लान कुलिड अस्पतालमा उहाँलाई मृत घोषित गरिएको थियो ।

म्यान्स्फील्डले प्रयोग गर्ने उपकरणले दुई ग्रामदेखि ५,००० ग्रामसम्म तौल गर्न सक्थ्यो जबकि उहाँले ६० देखि ३०० मिलिग्राम जोख्न खोजिरहनुभएको थियो ।

गलत गणनाका कारण उहाँले अत्यधिक मात्रामा क्याफीन पाउडर सेवन गर्नुभयो ।

म्यान्स्फील्डले ब्ल्याकबर्न डिस्ट्रीब्यूशन्सबाट १०० ग्राम बराबरको क्याफीन पाउडरको ब्याग खरिद गरेको सुनुवाइमा खुलेको थियो ।

शवपरीक्षण गर्दा म्यान्स्फील्डको रगतमा क्याफीनको तह ३२९ मिलिग्राम प्रतिलिटर थियो ।

कसैले एक कप फिल्टर कफी सेवन गरेको छ भने रगतमा क्याफिनको मात्रा प्रायः दुईदेखि चार मिलिग्राम प्रतिलिटर मात्र हुन्छ ।

बीबीसी नेपालीबाट

Next Post

नेपाली काग्रेंस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल बिजयी

२०७८ फाल्गुन १९, बिहीबार १३:४९
संवाददाता, नेपालगंज। नेपाली कांग्रेस बाँके सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ । गौडेल ७६० मतका साथ सभापतिमा विजयी हुनुभएको हो । गौडेल संस्थापन इतर समूहका नेता हुनुहुन्छ । बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनबाट गौडेल उहाँका प्रतिद्वन्दी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित हुनुभएको छ […]