गुलरिया २ मा अबदेखि बालविवाह गर्न नपाइने घोषणा

  ।   २०८१ फाल्गुन २३, शुक्रबार १७:३१

नेपालगन्ज, फागुन २३ । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

महिला बालबालिका शाखा र गुलरिया नगरपालिका वडा न २ को आयोजनामा बाँके युनेस्को क्लब, प्लान इन्टरनेसनल नेपाल र दलित महिला उत्थान केन्द्रसँगको सहकार्यमा गुलरिया नगरपालिका वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिएको बताउनुभयो । उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता अनुसार नै बालविवाहमुक्त वडा घोषणा गर्ने कार्य हुँदै आएको बताउनुभयो ।
सो अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, मुख्य प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत अन्य वडा अध्यक्ष, राजनीतिक अगुवा, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दीकी, उपाध्यक्ष पञ्चम गुरुङ र प्लान नेपालका सञ्चार प्रबन्धक सृजना बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणकालागि सरकार तथा सामाजिक संघसंस्थाले गरेको प्रयासलाई उजागर गर्दै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधरले बर्दिया जिल्लामा बालविवाह न्यूनीकरण र बाल अधिकार प्रवद्र्धनमा विभिन्न सरोकारवाला र संस्थाहरूको योगदानमा विशेष जोड दिनुभयो ।

घोषणा सभामा बिभिन्न समूहहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो भने लगभग ५०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द आर्यलले गर्नु भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजकहरु महेश नेपाली र गोविन्द प्रसाद लामिछाने तथा कार्यक्रम अधिकृत ईश्वर बीके, मूल्यांकन अधिकृत जनकराम थारु र फिल्डसुपरभाइजरहरु भगवती बीक, नग्मा मनिहारको पनि उपस्थिति रहेको थियो ।

 

Next Post

रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश

२०८१ फाल्गुन २३, शुक्रबार १७:३१
रौतहट, । रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानला क्रममा गडीमाइ नगरपालिका-९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो। एमाले चन्द्रपुर […]