रौतहटमा तीन सय जना माओवादी केन्द्रमा प्रवेश

  ।   २०८१ फाल्गुन २४, शनिबार ०८:२५

रौतहट, । रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानला क्रममा गडीमाइ नगरपालिका-९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो।

एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लाल्बहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । अभियानअन्तर्गत आज रौतहटको लौकाहमा सभा हुँदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।

Next Post

मधुवनका वडाहरुलाई पनि बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

२०८१ फाल्गुन २४, शनिबार ०८:२५
नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो […]

सम्बन्धित शीर्षक