भारतमा पाँचतले घर भत्कियो, ९० जना पुरिए

  ।   २०७७ भाद्र ९, मंगलवार ०७:४९

एजेन्सी । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्। पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको छ भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो। रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीले उद्धार गरिरहेको जनाएको छ।

उक्त भवनमा ४७ वटा फ्ल्याट थिए। भत्कने क्रममा भवन हल्लन सुरु गर्दा केही मानिसहरु भने बाहिर भाग्न सफल भएको बताइएको छ।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन्। थाहाखबर

Next Post

चट्याङले कञ्चनपुरमा एकजनाको मृत्यु, दुई घाइते

२०७७ भाद्र ९, मंगलवार ०७:४९
कञ्चनपुर । बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए। उनको कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । उक्त घटनामा […]

सम्बन्धित शीर्षक