चट्याङले कञ्चनपुरमा एकजनाको मृत्यु, दुई घाइते

  ।   २०७७ भाद्र ९, मंगलवार ०७:५१

कञ्चनपुर । बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए। उनको कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।

उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्। उनीहरुको पनि निःसर्ग अस्पतालमा उपचार भैरहेको छ। घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति ८ः२५ बजे चट्याङ लागेको बताइएको छ । थाहाखबर

Next Post

यूईएफए नेसन्स लिगका लागि पोर्चुगलको टिम घोषणा, पहिलो खेल क्रोएसियासँग

२०७७ भाद्र ९, मंगलवार ०७:५१
काठमाडौं । साविक विजेता पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो । पोर्चुगलले दुई खेलमा लागि ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्सालो […]

सम्बन्धित शीर्षक