बाँकेका ८ वटा स्थानीय तहका १० कोरोन्टाइनमा २ सय २८ संक्रमित

  ।   २०७७ श्रावण ३०, शुक्रबार २२:११

नेपालगन्ज । बाँके जिल्ला भित्रका ८ वटा स्थानीय तहमा रहेका १० वटा क्वारेन्टाइनमा २ सय २८ जना कोरोना संक्रमित रहेका बाँके जिल्ला कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

जस अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र ६६ जना, खजुरा गाउँपालिकामा ३८ जना, कोहलपुर नगरपालिकामा ७० जना, जानकी गाउँपालिकामा ११ जना, राप्ती सोनारी गाउँपालिकामा १८ जना, डुडुवा गाउँपालिकामा २३ जना, नरैनापुर गाउँपालिकामा २ जना र बैजनाथ गाउँपालिकामा नरहेको श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले बनाउनु भएको चाडमा क्वारेन्टाइनमा ६५ जना महिला र १ सय ६३ जना पुरुष रहेको उल्लेख गरिएको छ ।

Next Post

नेपालगन्जमा पनि जोर बिजोर सवारी चल्ने

२०७७ श्रावण ३०, शुक्रबार २२:११
कृष्टि चौधरी, बाँके । स्थानीय प्रशासनले बाँकेमा जारी निषेधाज्ञा शुक्रबार रातीबाट हटाइएको छ । निषेधाज्ञा हटेपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ । प्रशासनले आज शनिवारदेखि यातायातमा जोरविजोर प्रर्णाली लागु गरेको छ । अन्तिममा ०, २, ४, ६ र ८ अंक बाहेकका […]

सम्बन्धित समाचार