नेपालगन्जमा पनि जोर बिजोर सवारी चल्ने

आज बिजोरको पालो

  ।   २०७७ श्रावण ३१, शनिबार ११:०४

कृष्टि चौधरी, बाँके । स्थानीय प्रशासनले बाँकेमा जारी निषेधाज्ञा शुक्रबार रातीबाट हटाइएको छ । निषेधाज्ञा हटेपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

प्रशासनले आज शनिवारदेखि यातायातमा जोरविजोर प्रर्णाली लागु गरेको छ । अन्तिममा ०, २, ४, ६ र ८ अंक बाहेकका निजी सवारीसाधन मात्र आज चलाउन मिल्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

निषेधाज्ञा हटाइएपनि कोरोनाको जोखिम कायमै रहेकाले सर्वसाधरणहरुलाई इमान्दार र जिम्मेवार बनिदिन उहाँको आग्रह छ ।अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन र अनावश्यक भिडभाड नगर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘हामी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छौं ।

सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग र स्वास्थ्य सम्बन्धि सावधानी अपनाएर कोरोनाबाट बच्न र बचाउँन सकिन्छ । यो हामी सबैको जिम्मेवारी र दायित्व हो ।’ कोरोना भाइरसको जोखिम बढेसँगै बाँकेमा स्थानीय प्रशासनले साउन १७ गते रातीदेखि निषेधाज्ञा जारी गरेको थियो ।

Next Post

आज बाढी, पहिरो र डुबानको जोखिम, सचेत रहन आग्रह

२०७७ श्रावण ३१, शनिबार ११:०४
नेपालगन्ज । पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ । भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी […]