नरैनापुरमा रंगशाला निर्माणको काम अन्तिम चरणमा

  ।   २०८० असार १६, शनिबार १६:४१

बाँके । नरैनापुर गाउँपालिकामा रंगशालाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित दौलतपुरको खोदवामा उक्त रंगशालाको निर्माण एक वर्ष अघिदेखी सुरु भएको थियो । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । एक पालिका, एक रंगशाला अन्तरगत नरैनापुरमा रंगशाला निर्माणको काम सुरु गरिएको थियो ।

रंगशाला निर्माणका लागि नरैनापुर गाउँपालिका कार्यालयसँग निर्माण कम्पनी पिएस निर्माण सेवाले २०७९ जेठ १३ गते सम्झौता गरेको थियो । मुल्य अभिबृद्धि कर (भ्याट) बाहेक ३ करोड ५२ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले १ करोड ८० लाख र गाउँपालिकाले वित्तीय समानिकरण अन्तरगतको बजेट विनियोजन गरेको थियो ।

कुल ३ विघा क्षेत्रफलमा फैलिएको रंगशालामा पर्खाल, पोडियम, ८ मिटर चौडाईमा ट्रयाक, प्रवेशद्धार, शौचालय लगायतका संरचना निर्माण गरिएको बताइएको छ । निर्माण ब्यवसायीका आधिकारिक प्रतिनिधि प्रेम डाँगीले निर्माणको काम अन्तिम चरणमा पुगेर पनि सम्पन्न गर्ने तयारीमा रहेको बताए । ‘काम लगभग सम्पन्न हुने चरणमा छ, हाम्रो तर्फबाट जतिसक्दो राम्रो र गुणस्तरिय काम भएको छ,’ उनले भने ।

निर्माणाधिन रंगशालाको स्थलगत निरीक्षण गर्दै लुम्बिनी प्रदेशका सांसद एवम् पुर्वमन्त्री कृष्णा केसी नमुनाले नरैनापुर गाउँपालिका कार्यालय, समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, स्थानीयबासी, कर्मचारी लगायत सबैलाई धन्यवाद दिएकी छन् । रगंशाला निर्माण भएसँगै भलिबल, फुटबल, क्रिकेट लगायतका खेलसँगै खेलकुदका गतिविधि सञ्चालन लगायतका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।                    यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको र केही काम मात्रै बाँकी रहेको बताए । रंगशाला निर्माण कार्यमा खटिने र पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । रंगशाला निर्माण भएपछि नरैनापुरमा खेलकुदका गतिविधि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।

Next Post

लुम्विनी प्रदेश : शिक्षा तथा खेलकुद क्षेत्रमा ७१ करोड ७० लाख रुपैयाँ बजेट

२०८० असार १६, शनिबार १६:४१
प्रेम विश्वकर्मा, बाँके । लुम्विनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०-०८१ को बजेट वक्तव्य मार्फत शिक्षा तथा खेलकुदका क्षेत्रमा ७१ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । गत असार १ गते प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले प्रस्तुत गर्नुभएको यो बजेट आगामी साउन महिनादेखी कार्यान्वयनमा […]

सम्बन्धित शीर्षक