नेपालगन्ज उद्योग वाणिज्य संघ उम्मेदवारी विवाद : उच्च अदालतले दिएन अन्तरिम आदेश

  ।   २०८० श्रावण ३१, बुधबार २२:३३


नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार चिरञ्जीवी ओलीकोे योग्यता सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतका न्यायाधीशहरु भानुभक्त शर्मा न्यौपाने र वामदेव ज्ञवालीको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।    उम्मेदवार ओली, निर्वाचन आयुक्त र नेपालगन्ज उद्योग वाणिज्य संघविरुद्ध दीपेन्द्रकुुमार जोशीले गत २६ साउनमा उत्प्रेषण तथा परमादेशका लागि मुद्दा दायर गर्नुभएको थियो । उच्च अदालतको आदेशपछि ओलीको उम्मेदवारी सम्बन्धी विवाद तत्कालका लागि किनारा लागेको छ । ओली र नेपालगन्ज उद्योग वाणिज्य संघ (विपक्षी)हरुको तर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, टीकाजंग सिंह, लोकबहादुर शाह, विकास आचार्य, माधवप्रसाद शर्मा, शक्तिसिंह हमाललगायतले बहस गर्नु भएको थियो ।

 

Next Post

ब्याट्री रिक्सा किन्दै स्वरोजगार बन्दै

२०८० श्रावण ३१, बुधबार २२:३३
नेपालगन्ज समाचारदाता नेपालगन्ज । तीन वर्ष विदेश बसेर फर्किनुभएका बाँके डुडुवाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाल्नुभयो। रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उहाँले विदेश जाने सोच त्याग्नु भयो। राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहनुभएका नेपालगन्ज–११, इदगाहरोडका नन्कु साईले पनि केही दिनका लागि […]

सम्बन्धित समाचार