बी ग्रुपद्वारा सहकारी संस्थालाई आधारभुत ब्यबस्थापन तालिम प्रदान

  ।   २०७९ आश्विन ९, आईतवार २१:१८


नेपालगन्ज । बी ग्रुपले बाँकेका तीनवटा पालिकामा रहेका सहकारी संस्थाका कार्यकारी सदस्य र ब्यवस्थापकलाई क्षमता बिकास तालिम प्रदान गरेको छ।                 
एमडिएम फ्रान्स र जेआइजेड नेपालकाे सहयोगमा बी ग्रुपद्वारा सञ्चालन गरिएको पेसागत तथा वातावरणीय स्वास्थ सहयोग परियोजना अन्तर्गत कृषितर्फकाे कार्यक्रमबाट तीन दिने आधारभुत सहकारी ब्यबस्थापन तालिम प्रदान गरिएको हाे ।
बाँकेका खजुरा २, डुडुवा ६ र नेपालगन्ज २० मदनापुरमा रहेका तीनवटा सहकारी संस्थाकाे बित्तिय प्रणालीमा सुधार ल्याउन साे तालिमको आयोजना गरिएको परियोजनाका ब्यवसाय बिकास अधिकृत समद सिद्दिकिले बताउनुभयो ।         
हरेक संस्थाबाट ५-५ जनालाई सहभागी गराएर साे बित्तिय क्षमता बिकास तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा साथी स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था, नवदुर्गा कृषि सहकारी संस्था र जन एकता सामाजिक बहुउद्देश्यीय सहकारी संस्था का कार्यकारी सदस्य र ब्यबस्थापक गरेर १५ जनाको सहभागितामा रहेको थियो । साे तालिमका प्रशिक्षक नवराज उपाध्याय रहनु भएको थियो । तालिमको अन्तमा सहकारीको बित्तिय कार्ययोजना समेत तयार गरिएको ब्यबसाय बिकास अधिकृत सिद्दिकिले बताउनुभयो ।

Next Post

बीस बर्षदेखि थन्किएको कृषि औजार खारखाना अर्थ मन्त्री जनार्दन शर्माको पहलमा पुनः संचालनमा आउँदै

२०७९ आश्विन ९, आईतवार २१:१८
काठमाडौं । बीस बर्षदेखि थन्किएको कृषि औजार कारखाना अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को पहलमा पुनः संचालनमा आउने भएको छ । अर्थ मन्त्रालयले कृषि औजार कारखानालाई संचालन गर्न महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा हस्ताक्षर गरेको छ । बिगत २० वर्ष देखि संचालनमा न आएको सो […]