आज देशका अधिकांश ठाउँमा पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ भाद्र २, बुधबार ०६:४६

काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागको तराई नजिक रहेको छ। पूर्वी भू-भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ।

बुधबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Next Post

काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

२०७८ भाद्र २, बुधबार ०६:४६
काठमाण्डौ । अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए । अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु […]