शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

  ।   २०८० पुष ५, बिहीबार ०९:१३

नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ । प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो ।

खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो । तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले गर्नु भएको थियो ।

उदेश्य प्रष्ट पार्दै नेपालीले बिद्यालय तथा समाजमा अपांगता भएका ब्यक्ति र बालबालिकाहरुले अन्येक किसिमका अप्ठयाराहरुको सामना गरिरहेको र उनीहरुका ती जटिलताहरुको न्युनिकरण गर्न सम्बन्धित पक्ष त्यति गम्भिर नदेखिएको अबस्थामा बिशेष गरी बिद्यालयका बालबालिकाहरुमा रहेको अपांगताको किसिम र मात्रा वा उनीहरुको कार्यगत सिमितताको पहिंचान गरी उनीहरुको आबश्यकता सम्बोधन गर्ने र बिद्यालयलाई अपांगता मैत्री बनाउनुपर्ने कुरामा जोड दिनु भयो । तालिमको सहजीकरण बिषय बिज्ञ रामलाल धामीले गरिहनु भएको छ भने औपचारीक कार्यक्रमको संचालन समाज परिचालन अधिकृत जनक रामथारुले गर्नुभएको थियो । कार्यक्रममा नागरिक समाज संजालका अध्यक्ष प्रमिशा थारुको पनि उपस्थिती रहेको छ । औपचारिक शत्रमा राजापुर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता कुमारी थारुको पनि उपस्थिती रहेको थियो ।

तालिम ३ दिन सम्म संचालन गरिनेछ । तालिममा बिद्यालयका प्रधानाध्यापक, डाटा फोकल शिक्षक र जेन्डर फोकल शिक्षकको उत्साहपुर्ण उपस्थिती रहेको छ । तालिम अबधी भर सहभागीहरुलाई वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमितताको पहिंचालन सम्बन्धी ज्ञान, सिप हाँसिल गरी आ–आफ्नो बिद्यालयको बालबालिकाहरुको कार्यगत सिमितता पहिंचान योजना बनाउँने र सोही अनुसार कार्य गर्न प्रतिबद्ध बनाउने अपेक्षा रहेको छ ।

Next Post

अन्त्येष्टिमा नि:शुल्क दाउरा वितरण

२०८० पुष ५, बिहीबार ०९:१३
नेपालगन्ज । गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गरिएको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिनुभयो […]

सम्बन्धित शीर्षक