जनतासँग माओवादी अभियान` अठार बर्षदेखि थिग्रेको फोहोर सफागर्ने अभियान हो: पुर्व मुख्यमन्त्री केसी

  ।   २०८० भाद्र १०, आईतवार २२:४३

सबिता चन्द

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका वडा नं ५ चिलहरियामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भयो ।  जनजनमा माओवादी घरघरमा माओवादी भन्ने नाराका साथ आइतबार भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी सोनामले गर्नु भएको हो ।

नेता केसीले १८ बर्षदेखि थिग्रेको फोहोर फाल्ने मौका हो भन्दै अब नेता कार्यकर्ता रुपान्तरित भएर जनुपर्ने बेला भएको बताउनु भयो ।  माओवादी पार्टी न भाले न फोथी, संविधान नमान्ने, उल्टो उल्लंघन गर्ने पार्टी  होइन भन्दै माओवादीले गरेका राम्राकामहरुको प्रशंसा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,´ जनतासँग माओवादी र माओवादीको विशेष रुपान्तरण, जसरी क्रान्तिमा जनताको आशा र विश्वास माओवादीसँग थियो फेरि त्यही ताकतमा उठाउन प्रयत्न गरिएको अभियान हो यो ।`  उहाँले माओवादीका कारण देशमा थुप्रै परिवर्तन र उपलब्धिहरु आएका छन, तिनै उपलब्धिहरुलाई जनताको बिचमा गएर जानकारी गराउनु हामी नेता कार्यकर्ताहरुको दायित्व भएको जिकिर गर्नुभयो । नेता केसीले अठार बर्षदेखि थिग्रेको फोहोर सफागर्ने अभियान भनेर बुझ्नुस भन्दै नेता कार्यकर्तालाई प्रशिक्षण दिनु भयो । देश अहिले माओवादी कै अध्यक्ष प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) को एजेन्डामा चलिरहेको छ भन्दै नेता कार्यकर्ताहरुलाई उत्साह दिनु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा अभियानका राप्तीसोनारी गाउँपालिका इन्चार्ज दुर्गा प्रसाद थारु कविरले माओवादी पाटी सुदृढीकरण ३ महिने अभियानले माओवादी पाटी र जनता बिचको सम्बन्धलाइ प्रगाढ बनाउनुका साथै उहाँले यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । त्यस्तै माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले यो अभियानले पार्टी सुदृढीकरण गर्ने कुरामा बिश्वास रहेको बताउनु भयो । नेता जेम्सले कि सक्किने कि साक्काउने समय आएको भन्दै अब माओवादी कार्यकर्ताहरुले जनताको घरघरमा पुगेर बुझाउनु पर्ने बताउनु भयो । सरकारले भ्रस्टाचारको जालो तोड्न ल्याएको जुन अभियान छ त्यसैको जगमा टेकेर जनताको घरदैलो जानुपर्ने बताउनु भयो । सो कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं १ देखी ९ सम्मका पाटी अध्यक्ष तथा प्रतिनिधिहरुले वडामा पाटीको वस्तु स्थिती बारे जानकारी गराएका थिए । कार्यक्रममा माओवादी पाटी ३ महिने सुदृढीकरण अभियानका लागी वडाहरुमा इन्चार्ज समेत तोकिएको जिल्ला संयोजक जेम्सले बताउनु भयो ।

माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ति निर्मलको सभापतित्वमा भएको कार्यक्रममा वाइसियल नेपाल लुम्बिनी प्रदेश सह-इन्चार्ज दिपक मल्ल माओवादी केन्द्र बाँकेका विभिन्न नेता कार्यकर्ताहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिकाका सचिव सुर्य प्रकाश घर्तिले संचालन गर्नुभएको थियो ।

Next Post

अभियान सफल पार्न विभिन्न जनवर्गीय संगठनसँग माओवादी

२०८० भाद्र १०, आईतवार २२:४३
नेपालगन्ज । यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत माओवादी केन्द्र बाँकेले अभियान सफल बनाउन तिब्र तयारी गरिरहेको छ । तयारी स्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पालिकास्तरिय […]