राजनीतिक बहसले सडक तातिदै

कोरोनाको महामारीका बेला मास्क समेत नलगाई स्वास्थ्य सुरक्षा मापदण्ड अवज्ञा गर्ने बढे

  ।   २०७७ पुष १५, बुधबार १८:२९

धिरज चौधरी, नेपालगंज
देशमा फेरी एक पटक राजनीतिक बहसले सडक तातिरहेको छ ।

यही पौष ५ गते प्रधानमन्त्री केपी शर्मा (ओली) नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरे यता विभिन्न राजनीतिक दल भित्र पनि थरीभरीका चर्चा चलेका छन ।

कोभिड–१९ को विश्वब्यापी महामारीका बेला देशमा चलेको राजनीतिक द्वन्द्वका कारण कोभिडको बिषय सेलाउदै गएको छ । अस्पताल बिरामीले भरीएका छन, स्वास्थ्यकर्मीको अभाव छ ।

तर सबैतिर स्वास्थ्य सुरक्षाका मापदण्डहरु कार्यन्वयन गर्नुको सट्टो अवज्ञा गर्नेहरु बढेका छन । संक्रमितहरु भेटिरहेका छन, मृत्यु हुनेको संख्या बढेको बढ्ै छ ।

बाँकेको नेपालगंज वरपरका क्षेत्रमा त झन हिजोआज दैनिक जसो भीडभाँड, सामाजिक दुरी कायम बिना नै नारा जुलुश बिरोध प्रर्दशन भईरहेका छन ।

कोभिडको त्रास हराएको भानमा अधिकांश सर्वसाधारण मास्क बिना नै खुलेयाम आउजाउ गरिरहेका छन । यसले कोरोनाको जोखिम झन–झन बढाउदै लगेको छ ।

नेपालगंज आनन्द टोलका ५१ बर्षिय किराना पसल ब्यवासायि वारिस खानले गाउँटोलमा केही ब्यक्तिले मात्र अहिले मास्क प्रयोग गरिरहेको बताउनुभयो ।

कोरोना छैन, लाग्दैन भनेर अहिले धेरै सर्वसाधारणले मास्क लगाउन छोडेको नेपालगंज शान्तिनगर टोलका ४१ बर्षिय हेयर सैलुन ब्यवासायि तारा लाल चौधरी पनि बताउनुहुन्छ ।

तर भेरी अस्पताल नेपालगंजमा कार्यरत स्वास्थ्यकर्मी प्रमिसा साउदले भने अहिले पनि कोरोना सर्ने संम्भावना धेरै भएकाले मास्क लगाउन, भीडभाँडमा नगई अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

 

Next Post

राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परिक्षण गरिंदै, हिउँदे अधिवेशनको तयारी पूरा

२०७७ पुष १५, बुधबार १८:२९
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ । शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । यसैगरी अधिवेशनको लागि स्वास्थ्य सावधानीका मपादण्ड लगायत अन्य सबै तयारी पूरा भईसकेको तिमिल्सीनाको भनाई छ । यो अधिवेशन लामो समयसम्म लैजान नसकिने […]

सम्बन्धित समाचार