नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सह सचिवमा अमृता के सी चयन

  ।   २०७८ जेष्ठ ९, आईतवार २१:५६

बाँके । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सह सचिवमा अधिवक्ता अमृता के सीलाई मनोनयन गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज आईतबार बसेको बैठकले अधिवक्ता अमृता के सीलाई सह सचिवमा मनोनयन गरेको हो ।

कार्यसमितिमा के सी एक मात्र महिला सदस्य हुन् । विधान अनुरुप कार्यसमिति सदस्य के सीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको  नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७  मा  भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उनलाई सहसचिवको जिम्मेवारी दिएको हो । के सीको संयोजकमा गठन गरीएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा,कुशुमा सुवेदी,देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् ।

यसैबिच नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमति कानून व्यवसायीहरुलाई सहयोग गर्नका लागि कार्यसमितिका सचिव पदम पाण्डेको संयोजकत्वमा ३ सदस्सीय सहयोग परिचालन समिति गठन गरिएको छ ।  पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टबाट कानून व्यवसायीहरु समेत संक्रमित भई केहिले ज्यान समेत गुमाईसकेको अवस्थामा उनीहरुलाई सहयोग स्वरुप आर्थिक रकम संकलन गर्ने र वितरण गर्न उक्त समिति बनाईएको हो । यस समितिले आफ्नो कार्य सुरु गरिसकेको छ । आर्थिक परिचालन समितिका संयोजक पाण्डेले कोरोना संक्रमित कानून व्यवसायीलाई आर्थिक सहयोग गर्न सहयोगीमनहरुलाई आव्हान समेत गर्नुभएको ।

नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको बैठकले कोरोना संक्रमण भई ज्यान गुमाएका वरिष्ठ अधिवक्ता आनन्द प्रसाद श्रेष्ठ,अधिवक्ता प्रमोद कुमार अग्रवाल र कोराना संक्रमणका कारण आफन्त गुमाएका कानून व्यवसायीहरुका आफन्तहरु प्रति  गहिरो समवेदना प्रकट गर्दै शोक प्रस्ताप पारित गरेको छ ।

Next Post

बाँके युनेस्कोद्धारा विपन्न महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न सामाग्री वितरण

२०७८ जेष्ठ ९, आईतवार २१:५६
सुर्य प्रसाद धिताल  नेपालगञ्ज  । बाँके युनेस्को क्लबले जिल्लाका पाँचवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न विभिन्न प्रकारका सामाग्री वितरण शुरु गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा क्लबले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना (क्इथ्भ्भ्) अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका […]

सम्बन्धित समाचार