पुर्णतारा फाउण्डेसन असहायको सहारा बन्दै

  ।   २०८० असार १२, मंगलवार २३:१६

नेपालगन्ज ।

स्वर्गीय पुर्णबहादुर रोकाय र ताराकुमारी रोकायको नामबाट स्थापना गरिएको पुर्णतारा फाउन्डेसन असहायहरुको सहारा बन्दै आएको छ । सोमबार नेपालगन्जको साथी कृष्ण कटेजमा आयोजना गरिएको चौथो वार्षिक उत्सवले यस्तै विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथि रहेको सो कार्यक्रममा जेष्ठ नागरिक र बालबालिकाहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि बिष्टले फाउन्डेसनले समुदायमा पछिपरेका सहारा बिहिन बालबालिका र जेष्ठ नगरिकलाई गर्ने सहयोग र सम्मान अत्यन्तै आकर्षक रहेको बताउनु भयो ।

त्यस्तै बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक नेरेन्द्र पाण्डे (जेम्स) ले बालबालिकालाई गरेको यो सहयोग र सम्मान निकै राम्रो रहेको बताउनु भयो । संयोजक पाण्डेले यस्तो सराहनीय काम गरेकोमा फाउन्डेसनका अध्यक्ष तारा खत्री रोकायको प्रशंसा समेत गर्नु भयो ।

           

फाउन्डेसनले स्थापना काल देखि ९ जना असहाय बालबालिकाहरुलाई सहयोग गर्दै आएको अध्यक्ष रोकायले बताउनु भयो । अध्यक्ष रोकायका अनुसार फाउन्डेसनले समुदायमा दुख पाएका जेष्ठ नागरिक र बालबालिकालाई हरेक बर्ष सहयोग बढाउँदै जानेछ ।

समाजमा खानेपानी पिउन नपाएर बसेका, पढ्न नपाएर बसेका, घरको छाना नभएर खुला आकाशमा बस्न बाध्य भएकाहरुलाई सानोतिनो भएपनि सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष रोकायले बताउनु भयो । आफ्ना पति स्वर्गीय पुर्ण रोकायको परिकल्पनालाई फाउन्डेसनको माध्यामद्वारा पुर्ण बनाएरै छोड्ने अध्यक्ष रोकायको संकल्प छ ।

कार्यक्रममा १२ जनालाई संस्थाको आजीवन सदस्य र १ जनालाई साधारण सदस्य वितरण गरिएको थियोे । संस्थाको आजीवन सदस्य बन्नेहरुमा डा. डक्ट प्रसाद धिताल, आभा गौतम, हिरा खराल, बसन्ता शर्मा, गौरी पोख्रेल, बिना शर्मा, प्रसन्न राज जोशी, राजकुमार लामा, सत्य देवी जोशी, शोभा गुरुङ, अमृत कुमार थापा, प्रकाश चन्द्र बस्नेत बन्नु भएको छ भने साधारण सदस्यमा नर बहादुर परियार बन्नु भएको छ ।

त्यस्तै कार्यक्रममा आर्थिक नगद सहित अति विपन्न परिवार जोगि खटिकलाई नगद ५ हजार १ सय र दोसल्ला ओडाएर सम्मान गरिएको थियोे, पुर्णिामा देवी थापा मगरलाई २ हजार १ सय नगद र सम्मान गरिएको थियोे साथै ७ जना जेष्ठ नागरिक बुबाआमा लाई कपडा प्रदान गरि सम्मान गरिएको संस्थाका अध्यक्ष रोकायले बताउनुभयो ।

कार्यक्रममा घरको आर्थिक स्थिति कमजोर भएर पठनपाठन गर्न नपाएका ५ जना बालबालिकालाई झोला, किताब, कापी, कलम सहयोग गरिएको थियोे ।

कार्यक्रममा साहित्यकार तथा समाजसेवी किरण आचार्य, घरेलुु तथा साना उद्योग महासंघका महासचिव जि.आर. भुषाल, मानवता नेपाल बाँकेकी उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, नगर प्रहरी प्रमुख इन्द्र जित सुनार, एकल महिला संघकी अध्यक्ष एकमाया बि.क. लगायतको उपस्थिति रहेको थियो ।

     

Next Post

यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

२०८० असार १२, मंगलवार २३:१६
संवाददाता । सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीलाई विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । पिङकी गुरुङ भन्ने संजिव गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर […]