१२ वटा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापना

  ।   २०७७ आश्विन १, बिहीबार २२:११

रूपन्देही । पहाडी जिल्ला गुल्मीमा कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालाको बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको छ ।

जिल्लाका १२ वटै स्थानीय तह लगानी, रेसुंगा नगरपालिको समन्वय र मन्त्री ज्ञवालीको सहयोगमा जिल्लामै पीसीआर प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशाला उद्घाटन गर्दै मन्त्री ज्ञवालीले जिल्लाका नागरिकका लागि महत्वपूर्ण कामको सुरुवात भएको बताउनुभयो । ‘लामो समयको लकडाउन खुला गरिएसँगै परीक्षणको महत्व थप बढेको छ,’ उहाँले भन्नुभयो, ‘अब हप्तौं रिर्पोट कुर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।’ उनले अबको अवस्थामा हरेक व्यक्ति आफैं सचेत भएर स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु पर्ने र हरेक नागरिक स्वास्थ्य सिपाही बनेर सहजीकरण गर्नु जरुरी रहेको बताउनुभयो ।

स्थानीय तहको प्रयासलाई जिल्ला संकट व्यवस्थापन समितिले अनुमोदन गर्दै ल्याब राख्न भवन उपलब्ध गराएको थियो । त्यसमा मन्त्री ज्ञवालीले प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री हिमालयन एयरलाइन्स मार्फत जिल्लामा पुर्‍याएका हुन् ।

प्रयोगशालामा आवश्यक थप सामग्री रेसुंगा नगरपालिकाले उपलब्ध गराएको छ । साउनमै प्रयोगशला सञ्चालनको प्रयास गरेपनि पीसीआर मेसिनको सफ्टवयरमा देखिएको समस्याका कारण केही ढिलाइ भएको रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए । प्रयोगशाला रेसुंगा नगरपालिका–९ उपल्लो तम्घासमा रहेको महिला तथा बालबालिका कार्यालयमा स्थापना गरिएको छ । -Kantipur

Next Post

तुलसीपुरमा कोरोना कम जोखिम भएका ठाउँमा विद्यालय खोलिँदै

२०७७ आश्विन १, बिहीबार २२:११
रन्जित कुमार चौधरी दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइसर (कोभिड १९) को संक्रमण कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्ने तयारी बढाएको छ। उपमहानगरले विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना बनाएर विभिन्न क्षेत्र छुट्याएर विद्यालय सञ्चालनको तयारी गरेको उपमहानगरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो । लामो समयसम्म विद्यालय सञ्चालन नगर्दा […]

सम्बन्धित समाचार