कोहलपुर उद्योग बाणिज्य संघको साधारण सभा हुँदै

  ।   २०८० पुष १९, बिहीबार २१:१८

कोहलपुर । काेहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा शुक्रवार (भाेली) हुँदैछ। संघको २५ औं स्थापना दिवश विशेष कार्यक्रमसँगै संघको १० औं वार्षिक साधारण सभा भव्य समाराेहका बीच सम्पन्न गर्न आवश्यक तयारी पुरा भएकाे बताईएकाे छ ।

पाैष २० गते साधारण सभा गर्ने निर्णय भएअनुसार संघकाे १० अाैं साधारण सभा उद्याेग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख आथित्यतामा आयाेजना गरिएकाे संघका अध्यक्ष लक्ष्मणराज पाैडेलले जानकारी गराउनुभएकाे छ ।

संघका अध्यक्ष पाैडेलको अध्यक्षतामा यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभा तथा स्थापना दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न विभिन्न तयारी समिति गठन गरिएकाले छाेटाे समयमा साधारण सभा आयाेजना गर्न सहज वाताबरण बनेकाे बताउनु भएकाे छ ।

संघकाे सभाहलमा विहान ११ बजेबाट शुरू हुने साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने छ । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गरिरहेकाे अवस्थामा न्यून भोल्टेज, घर बहाल समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापनका लगाएतका समस्या समाधानसंगै मिसम्याच जस्ता समस्याहरु समाधानमा केन्द्रित रहेर साधारण सभा गर्न लागिएकाे संघका अध्यक्ष पाैडेललकाे भनाई छ ।

व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी काेहलपुरलाई लुम्बिनी प्रदेशको व्यापारीक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेकाे भन्दै संघ अध्यक्ष पाैडेलले साधारण सभामा उद्याेगी व्यवसायी मात्र नभई सम्पूर्ण सम्बन्धित पक्ष, नागरिक समाज, पत्रकार सञ्चारकर्मी लगाएतका सामाजिक अभियन्ताहरूलाई उपस्थितकाे लागि यसै समाचारमार्फत निमन्त्रणाका लागि अनुराेध गरेकाे बताउनुभएकाे छ ।

Next Post

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

२०८० पुष १९, बिहीबार २१:१८
काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका […]

सम्बन्धित समाचार