एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने

  ।   २०७७ पुष २, बिहीबार ०७:१८

काठमाण्डौ । एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको हो ।

संघको कार्यसमितीको बैठकले सन् २०२१ मा चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपका लागि नेपाली महिला टिमलाई सहभागी गराउने बताएको छ । चिनीयाँ भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि जनवरी १५ तारिखसम्म टिम दर्ताको समय छ ।

नेपालको दावेदारीलाई एसियन भलिबल महासंघले स्वीकृति दिएमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा १६ भन्दा बढी टिमले दावेदारी गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।

Next Post

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

२०७७ पुष २, बिहीबार ०७:१८
कामाण्डौ । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार […]