छाडा पशुचौपाया व्यवस्थापन गर्न मै व्यस्त नेपालगन्ज उपमहानगरपालिका

  ।   २०८० भाद्र १८, सोमबार ०९:०८

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार लेक्षका, छाडा पशुचौपायालाई व्यवस्थापन गर्न कान्जी हाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडा छोडिएका ८० भन्दा बढी गाईगोरु र घोडा, खच्चड शनिबार कान्जी हाउसमा लगिएको नगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्तामा कान्जी हाउस रहेको छ ।

नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार बजारका छाडा पशुचौपायाका कारण दुर्घटना बढ्न थालेपछि ५० वटा गाईगोरु र ३२ वटा घोडा, खच्चडलाई कान्जी हाउस पु¥याइएको छ । नगर प्रमुख प्रशान्त विष्ट कान्जी हाउस पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले पशुचौपायाको खानपिनमा विशेष ध्यान दिन आग्रह गर्दै कान्जी हाउसमा पशु स्वास्थ्य शिविर राखेर पशु स्वास्थ्य अवस्थाबारे जानकारी लिइने बताउनुभयो । पशुधनीले नै जथाभाबी घोड ाखच्चड र गाईगोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाइ भइरहेको छ । कान्जी हाउस पु¥याइएका आफ्ना जनावर लिन पुग्ने पशुधनीले जरिबाना तिर्नुपर्ने हुन्छ । उनीहरूलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

अदालतको आदेश 

तौलिहवा समाचारदाताका अनुसार कपिलवस्तु अदालतले छाडा चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गरी राजमार्गलाई निर्बाध आगमनको व्यवस्था मिलाउन जिल्लाका १० वटै स्थानीय तहलाई आदेश दिएको छ । छाडा चौपायाको नियन्त्रणका लागि पालिकालाई अदालतले पहिलो पटक आदेश दिएको हो । साउन ४ गते मध्यरातमा बसको ठक्करबाट बुद्धभुमि नगरपालिका–२, पानी पोखरीमा एकै पटक १० वटा गाईगोरु मरेका थिए ।

गाईगोरु मरेपछि चालक दाङ तुलसीपुर उपमहानगरपालिका–३ का भूपबहादुर विकविरुद्ध प्रहरीले पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा चलायको थियो । सोही मुद्दाको फैसलाका व्रmममा चालक विकलाई तीन लाख धरौटी लिई तारिखमा छाड्ने आदेश दिँदै अदालतले छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको हो ।

अदालतका स्रेस्तेदार सुमन पाण्डेका अनुसार जिल्ला न्यायाधीश तेजनारायण पौडेलको एकल इजलासले सो आदेश भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७७ को दफा ११ (२) ञ अनुसार छाडा चौपायको नियन्त्रण गर्ने जिम्मा पालिकाको रहेकाले पालिकाले आफ्नो कर्तव्य निर्वाह नगरी छाडा गाईबस्तुलाई राजमार्गका छाडी दुर्घटनाको स्थिति उत्पन्न भएको देखिएको आदेशमा उल्लेख छ ।

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका राजमार्गमा कानुनले निर्धारण गरेको कार्य सम्पादन गरी राजमार्गलाई खुला रूपमा आवागमनको व्यवस्था मिलाउन भनी निर्देशन दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्लाका पालिकालाई छाडा चौपायाको नियन्त्रण गर्न निर्देशनसहितको आदेश भएको हो । सो आदेश अनुसार कार्यसम्पादन नभएमा कानुनबमोजिम कारबाही हुने आदेशमा उल्लेख गरिएको छ ।

Next Post

संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

२०८० भाद्र १८, सोमबार ०९:०८
काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ। सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि […]