धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

  ।   २०७८ भाद्र १७, बिहीबार ०७:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको स्रोतले जानकारी दियो ।

सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो ।

उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको नेतृत्वमा छानबिन आयोग बनाएको छ ।

Next Post

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

२०७८ भाद्र १७, बिहीबार ०७:०८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डले परीक्षा […]