रोजगारीको सवालमा संवाद

  ।   २०७९ फाल्गुन ५, शुक्रबार १५:०६

संवाददाता, गुलरिया

युवा महिलाहरुको रोजगारी प्रर्वद्धनमा स्थानीय अवसर, संम्भावना तथा आगामी प्राथामिकता बिषयक संवाद बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले गत बुधबार (फागुन ३ गते) आयोजना गरेको संवादमा स्थानीय तहमा रोजगारी सृजना गर्ने सवाल, महिलाहरुको आर्थिक सशक्तिकरण, समन्वय, सहकार्य, सहुलियपूर्ण कर्जा, पहँुच लगायतका बिषयमा ब्यापक छलफल गरिएको थियो ।

गुलरिया नगरपालिकाका नगर उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा भएको संवादमा वडा अध्यक्ष प्रकाश चौधरी, जोगिराम थारु, सुरेश गौतम, विष्णु यादव, सुधान्सु प्रकाश शर्मा, नगरपालिकाका उद्यम विकास शाखा प्रमुख थिरनाथ कँडेल, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, नगरपालिकाका रोजगार सहायक अमृत बोहोरा, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी लगायतका ब्यक्तित्वहरु, सिपमूलक तालिम लिईरहेका प्रशिक्षार्थी, अभिभावक लगायतको सहभागीता रहेको थियो ।

संवादको सहजीकरण गुलरिया नगरपालिकाका योजना शाखा प्रमुख (वरिष्ठ शाखा अधिकृत) मुकुन्द अर्यालले गर्नुभएको थियो ।

Next Post

खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता शुरु

२०७९ फाल्गुन ५, शुक्रबार १५:०६
संवाददाता, बाँके । बाँकेको खजुरा गाउँपालिकामा आजदेखि राष्ट्रियस्तरको जुडो प्रतियोगिता शुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो । प्रतियोगिताको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर […]