ट्वीटर भवनका फर्निचर र लोगो लिलाम गरिंदै

  ।   २०८० श्रावण २६, शुक्रबार १२:१५

संवाददाता ।

ट्वीटरको नाम बदलेर ‘एक्स’ राख्नुभएका एलन मस्कले ट्वीटर भवनका फर्निचर र पुरानो लोगो लिलाम गर्ने हुनुभएको छ ।

अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वार्टरबाट पुरानो लोगो, कफी टेबल, कुर्सी, वाद्य यन्त्र, फोटो, पिंजडा, पेन्टिङ लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्न लागिएको हो ।

ट्वीटरको नाम ‘एक्स’ राखे पनि कार्यालयमा पुरानै लोगो (नीलो रंगको चरो) कायम छ । मस्कले उक्त लोगो पनि लिलाम गर्न लागेको बीबीसीले जनाएको छ ।

लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुनेछ । लिलामी गराउने एक कम्पनीले लिलाम गर्न लागिएका वस्तुहरुमध्ये सबैभन्दा कम मूल्य २५ डलरबाट सुरु हुनेछ ।

Next Post

सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण

२०८० श्रावण २६, शुक्रबार १२:१५
संवाददाता । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गर्नुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न आज बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास जानुभएको थियो । बिहान १० बजेदेखि आधा […]

सम्बन्धित समाचार