अँगालोको न्यायोपना, घामको तापको प्रभाव खोज्ने वैज्ञानिकले जिते २०२१ को नोबेल पुरस्कार

  ।   २०७८ आश्विन १८, सोमबार १८:०७

संवाददाता ।

हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन ।

अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले शरिरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जित्नुभएको हो ।

उहाँहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गर्नुभएको थियो । यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्वपूर्ण हुने बताइएको छ ।

नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले “यो अत्यन्तै महत्वपूर्ण र गहिरो खोज“ भएको बताउनुभएको छ । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गर्नुभएको थियो । उहाँले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गर्नुभएको हो ।

उहाँले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाउनुभयो । थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उहाँले पत्ता लगाउनुभयो ।

हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ । यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो । जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाउनुभयो ।

त्यस्तै पाटापौटियनले अर्को अध्ययन पनि गरिरहनुभएको थियो । उहाँको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाउनुभयो ।

पुरस्कार कमिटीले उहाँहरूको कार्यले “हामीलाई हाम्रो स्नायु प्रणालीले कसरी तातो, चिसो वा भौतिक दबाव बुझ्न र त्यसका आधारमा वातावरणमा मिल्न सघाउँछ“ भन्ने देखाएको बताएको छ ।

यो ज्ञानले दुखाइ कम गर्ने उपचारमा सहयोग पुग्ने विश्वास कमिटीको छ । पुरस्कृत जोडीले एक करोड स्वीडीश क्रोनर वा आठ लाख ४५ हजार पाउन्ड रकम प्राप्त गर्नेछन् ।

बीबीसी नेपालीबाट

Next Post

सूचना प्रणालीमा बडघर

२०७८ आश्विन १८, सोमबार १८:०७
आधुनिक शैलीमा छलफल, बैठक गर्दै बड्घर, स्रोत : वीरबहादुर थारु … प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया सर्वसाधारणदेखी देश, दुनियाँका घटनाहरुमा अपडेट भइरहनुपर्ने, नीति निर्माता, नियमक निकायहरुसम्म इन्टरनेट, प्रविधिमा आधारित डीजिटल नोटिसमै अभ्यस्त हुन थाले । बढ्दो इन्टरनेट, प्रविधिको प्रयोगले बड्घरको चलफिरमै बदलाव ल्याईदिएकोे छ । ………………………. सूचना दिन फोन गरेर हुन्छ, […]