मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियल पक्राउ

  ।   २०७८ कार्तिक ७, आईतवार १७:३०

संवाददाता ।

विश्वकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलोम्बियाका लागु औषध तस्कर ‘आटोनियल’ पक्राउ परेका छन् । दायरो एन्टोनियो उसुगा पुरा नाम रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समुहका नाइके मानिन्थे ।

वर्षौदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले गिरफ्तार गरेको हो ।

कोलोम्बियाले मोस्ट वान्डेटको सुचीमा रहेका ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो ।

यसैगरी अमेरिकाले उनको टाउकोको मुल्य ५ मिलिएन अमेरिकी डलर तोकेको थियो ।

उनी पक्राउ परेलगतै कोलोम्बियका राष्ट्रपति इभान ड्युकले भिडियो सन्देश जारी गर्दै देशलाई ठुलो उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।

उनलाई पानामाको सीमा नजिक कोलोम्बियाको उत्तर पश्चिम एन्टीकुया प्रान्तबाट पक्राउ गरिएको हो ।

इमेज खबरबाट

Next Post

छ महिना भित्र लगत संकलन गरि जग्गा धनीपुर्जा वितरण गरिने

२०७८ कार्तिक ७, आईतवार १७:३०
बाँके । संघका केन्द्रिय अध्यक्ष अम्मर परियारले देशैभरीका भुमिहनको समस्या समाधानमा जुटि रहेको बताउदै भुमिहनको समस्या समाधान नेकपा माओवादी समेतको गठबन्धन सरकारले गर्ने विश्वास व्यक्त गर्नु भयो ।<span;>अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सो कुरा परियारले बताउनु भएको हो । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका […]