‘कोरोनाले विश्वकै आर्थिक, सामाजिक व्यवस्था धरमर’

  ।   २०७७ भाद्र १९, शुक्रबार १७:४७

विगत ८ महिनादेखि विश्वव्यापी स्वास्थ्य संकटका रूपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वकै आर्थिक, सामाजिक व्यवस्था धर्मराएको संयुक्त राष्ट्र संघीय एक प्रतिवेदनले देखाएको छ ।

‘कमिटी फर कोअर्डिनेसन अफ स्ट्याटिस्टिकल एक्टिभिटिज’ (सीसीएसए) ले प्रमुख अन्तर्राष्ट्रिय ३१ आर्थिक, सामाजिक निकाय र वैचारिक संस्थाहरूको कोभिड–१९ माहामारी सुरू भएदेखि हालसम्मका प्रारम्भिक अध्ययनहरूका आधारमा यो निष्कर्ष निकालेको हो ।

सीसीएसएले कोभिड–१९ ले पारेको आर्थिक, सामाजिक, क्षेत्रीय र तथ्यांकीय प्रभावहरूका विश्लेषण गरेको छ ।
न्युज कारोबारबाट

Next Post

२०३० को एसियाडको दाबी गर्दै कतारले गर्‍यो लोगो र नारा सार्वजनिक

२०७७ भाद्र १९, शुक्रबार १७:४७
सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने पाउनुपर्ने दाबी गर्दै कतारले खेलको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरिरहेको कतारले २०३० को २१ औं एसियाली खेलकुद राजधानी दोहामा गर्ने दाबी यसअघि नै गरिसकेको थियो । अहिले दोहा २०३० आयोजक […]

सम्बन्धित शीर्षक