नरैनापुर १ सुइया गाउँमा २४ घर जलेर खरानी

  ।   २०७७ फाल्गुन २४, सोमबार १६:२१

संवाददाता, नेपालगंज ।
बढ्दो गर्मी सगैं आगलागीका घटनाहरु पनि बढ्न थालेका छन । त्यसैक्रममा आज बिहान साढे ११ बजे बाँके नरैनापुर गाउपालिकाको वडा नम्बर १ सुइया गाउँमा आगलागी भएको खबर सार्वजनिक भएको छ ।

आगलागीबाट २४ घर जलेर खरानी भएका छन भने ठुलो क्षति पुगेको छ । दुःखद घडीमा पुग्नुभएका नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागी पीडितलाई सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

जलेका घर फेरि बनाउने छौ, भन्दै उहाँले आवश्यक सहयोगको लागी सबैमा अपिल पनि गर्नुभएको छ । गाउँपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईसकिएको छ ।

गरिब तथा विपन्न मुस्लिम र मधेसी समुदायको बाक्लो बसोबास रहेको नरैनापुर क्षेत्रमा प्रत्येक बर्ष आगलागीका घटनाहरु भइरहन्छन । खासगरी खरले छाएका घर, गोठहरुमा गर्मीयाममा बढी आगलागीका घटनाहरु हुने गरेका छन ।

 

Next Post

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसति चार उपप्रध्यापकको राजीनामा

२०७७ फाल्गुन २४, सोमबार १६:२१
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय स्कुल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। फागुन १७–१९ गतेसम्म स्कुल अफ लअन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७र७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुने गरी प्रश्नचिह्न खडा गरिएको […]