अब देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने

  ।   २०७७ भाद्र २२, सोमबार १७:२७

सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ ।

यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।

भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ ।

यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।
उज्यालो अनलाइनबाट

Next Post

चन्द्रकली कामीलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या

२०७७ भाद्र २२, सोमबार १७:२७
-प्रेम विश्वकर्मा, नेपालगंज । दुबै मृगौला पीडित सुर्खेत गुर्भाकोट नगरपालिका ४ साहरे कुमाल डाँडाकी चन्द्रकली कामीलाई आर्थिक समस्या परेको छ । बाँकेको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको शैयामा रहनुभएका उहाँलाई रकम अभाव भएपछि आर्थिक सहयोगका लागी अनुरोध गर्नुभएको हो । ४० बर्षिया चन्द्रकली दुई बर्ष यता बिरामी भई […]