-प्रेम विश्वकर्मा, नेपालगंज ।
दुबै मृगौला पीडित सुर्खेत गुर्भाकोट नगरपालिका ४ साहरे कुमाल डाँडाकी चन्द्रकली कामीलाई आर्थिक समस्या परेको छ ।
बाँकेको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको शैयामा रहनुभएका उहाँलाई रकम अभाव भएपछि आर्थिक सहयोगका लागी अनुरोध गर्नुभएको हो ।
४० बर्षिया चन्द्रकली दुई बर्ष यता बिरामी भई उपचार गराउदै आउनुभएको थियो ।
चन्द्रकलीका श्रीमान अमृत बहादुर कामीले गुडन्युज सँग कुरा गर्दै सक्दो आर्थिक सहयोग गरी श्रीमतिको ज्यान बचाईदिन आग्रह गर्नुभएको छ ।
सम्पतिको नाममा ऐलानी जग्गामा समान्य घरबास भएकाले, बैंकमा धितो राख्ने केही नभएपछि ३ देखी ५ रुपैंयाका दरले ब्याजमा ऋण लिई अहिले सम्म श्रीमतिको उपचार गराईरहेको उहाँले बताउनुभयो ।
दैनिक ज्याला मजदुरी गरी ७ जनाको परिवार पाल्दै आउनुभएका अमृतलाई यतिबेला घरब्यवहार चलाउन समस्या भएको छ ।
कोरोना भाइरसको माहामारी, लकडाउनका कारण सुर्खेतबाट डायलसिस, उपचारका लागी कोहलपुर आउजाउ गर्न समस्या भएपछि कोहलपुरमै २५ सय रुपैंया मासिक कोठा भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको अमृतले सुनाउनुभयो ।
उहाँलाई सहयोग गर्न इच्छुकले ९८४१२७७५७४ मा सम्र्पक गर्न सकिनेछ ।
यस्तै उहाँको नाममा एनआइसी एसीया बैंकमा रहेको खाता नम्बर ०५९५७५०८४९८५३००१ मा पनि रकम जम्मा गरिदिन सकिने अमृतले जानकारी दिनुभयो ।